३६ घण्टा रुखमा विताएकी चेलीको यस्तो छ कथा

भदौ, बर्दिया ।
घरजग्गा बाढीले डुबाउँदा पदनाहा ८ नयाँ गाउँका ११ जना मुक्त कमैयाले रूखमा ३६ घन्टा बसेर ज्यान जोगाएका छन् ।
bardiya

६ महिनाको बच्चालाई समेत उनीहरूले रूखमै अड्काएर राखेका थिए । ३६ घन्टासम्म बालबच्चाले पात खाएर प्राण धानेका थिए । अघिल्लो शुक्रबार बिहान ५ बजेबाट शनिबार बेलुका ६ बजेसम्म उनीहरूले रूखमा नै बिताए । रूखमा बसेर ज्यान जोगाउनेमा एकै परिवारका ४५ वर्षीय हीरालाल थारू, उनकी २८ वर्षीया पत्नीन रामकुमारी थारू, छोरीहरू ११ वर्षीया सरस्वती थारू, सात वर्षका जुम्ल्याहा लक्ष्मी थारू र पूजा थारू छन् ।
त्यस्तै ६ महिनाको छोरासहित २९ वर्षीया कमला गुरु ङ र कमलाकी पाँच वर्षीया छोरी, १३ वर्षीया संगीता थारू, ७० वर्षीय गर्भी थारू र ४५ वर्षीय ठग्गा थारूले रूखमा बसेर दुई दिन बिताएका थिए। रामकुमारीले ६ महिनाको बच्चालाई दुई दिनसम्म रूखमै राखेर बचाएको बताइन्। उनले भनिन्, ुबबई उर्लेर आइहाल्यो । भाग्ने ठाउँ नै भएन। त्यसपछि हामी ११ जना सिसौको रूखमा चढ्यौं। बेलुका ५ बजेतिर सिसौको जरा देखिन थाल्यो । अब त बगाउने भयो भनेर सबै डरायौं। त्यसैबेला एउटा सिसौको काठ आएर अड्कियो । त्यसपछि त्यही काठको सहारामा छेउमा रहेको आँपको रूखमा सरियो । राजकुमारीले भनिन्, एउटाले तलबाट काठलाई नाउजस्तो बनाएर धकेल्ने र अर्कोले माथिबाट तान्ने गरियो। रातभर र अर्को दिन आँपको रूखमा बितायौं । ६ महिनाको बच्चाकी आमा रूखमा बस्दा बिरामी भएर अझै समस्यामा परेको उनले बताइन् । आमा नै उल्टी गर्न थालिन् । घरिघरि बेहोस पनि भइन् । बच्चा समाउन आपद् नै पर्योलु, रामकुमारीले घटना सुनाउँदै भनिन् । भोकले रुन लागेका बालबालिकालाई आँपका पात चपाउन लगाएको उनले सुनाइन्। बच्चा र आमा बिरामी भएपछि नारायणपुरस्थित देवरको घरमा पठाएकी छन् । कमलाका पति विदेशमा छन् ।
छोरीहरूलाई आफन्तकोमा पठाएकी छु, रामकुमारीले भनिन् । रूखमा बसेको बेला सर्पले पनि दुस्ख दिएको दुई दिनसम्म रूखमा बसेका ठग्गा थारूले बताए । उनले भने, सर्पले पनि धेरै दुस्ख दियो। दुईवटा सर्प रूखमा आए। दुवैलाई हामीले लखेट्यौं । रूखबाटै दिसापिसाब गर्दा एउटाको दिसा अर्कोमाथि पनि परेको पनि उनले सुनाए। अर्को दिन बेलुका ६ बजेतिर पानी कम भएपछि यहाँबाट पौडिएर निस्कियौ, उनीहरूले भने । टेपरीगाउँका सबै घर भत्किएका छन्। हाम्रो केही बाँकी छैन। लगाएको लुगा मात्रै छु, रामकुमारीले भनिन् । पदनाहामा ९ सय घर भत्किएका छन् । सेभ द चिल्ड्रेनले पदनाहाका बाढीपीडितलाई केही राहत वितरण गरेको छ ।


,

0 comments

Write Down Your Responses

Powered by Blogger.