प्रचण्डले संसदमा भने हिटलर जन्मिने सम्भावनाबारे गम्भीर बन्न आग्रह !!

prachanda-in-ca
१० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ कांग्रेस-एमालेले बहुमतको बलमा पेलेर अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
व्यवस्थापिका संसदको बैठकको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै विपक्षी दलका नेता प्रचण्डले चारबुँदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक समिति गठन गर्न माग गरेका छन् । ‘राजनीतिक समिति नबनाउनु भनेको शान्ति प्रक्रियाको विरोध गर्नु हो, संविधान निर्माणको विरोध गर्नु हो’ उनले भने-’यसले के देखिन्छ भने भित्रभित्रै अंकगणितीयको खिचडी त पाकिरहेको छैन ?’
अहिलेसम्म अंक गणितबाट नभई राजनीतिक समझदारीबाट आएको भन्दै उनले एउटा पक्षलाई निशेष गरेर समाधान ननिकस्ने बताए । चेतावनीपूर्ण भाषामा प्रचण्डले अघि भने-’त्यस्तै हो भने यो देशले ठूलो दुर्घटना ब्यहोर्ने बाहेक अरु केही हुँदैन ।’
उनले १२ बुँदे समझदारीदेखि अन्तरिम संविधान, संविधानसभा चुनाव सबै कुनै संविधानलाई टेकेर नभई राजनीतिक समझदारीबाटै भएको बताए । उनले राजनीतिक समिति गठन गर्ने सहमति कार्यान्वयन नभए बुधबारबाट संसद नचल्ने बताए ।
रामचन्द्र भिलेन ?
प्रचण्डले तीन दलबीच बालुवाटार बैठकमा भएको छलफलबारे सदनलाई जानकारी समेत गराए ।
सुरुमा शान्ति, संविधानका विषयमा लामो छलफल गरेर डेढ घन्टापछि मात्र कांग्रेस नेता रामचन्द्र पौडेलले राजनीतिक समिति गठन गर्न सकिन्न भनेको उनले बताए । ‘सुरुमै हुँदैन भनेको भए त डेढ घन्टा बर्बाद नै गर्ने थिएनौं’ उनले भने । 
राजनीतिक समिति गठनको सहमति सामान्य सम्झौता मात्र नभएको उनले बताए । प्रमुख दलहरु सरकारका एकसाथ बस्न नसक्ने भएपछि शान्ति प्रक्रिया र संविधान निमार्णलाई अघि बढाउन हिजो गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा समिति बनाएको भन्दै उनले अहिले पनि त्यस्तै अवस्था आएको बताए । उनले भने-’तर, हामीले सरकारमा जान पाउनुपर्‍यो भनेको विल्कुल होइन ।’
पटक-पटक गिरिजाप्रसादको नाम लिएका प्रचण्डले राजनीतिक समिति नबनाउने हो भनेे हिजो गठन गर्नु पनि गल्ती थियो भन्ने चुनौती दिए ।
हिटलरको जन्म !
सरकारले एउटा बोल्ने गर्ने अर्कै गरिरहेको एउटा गर्ने अर्को गरिरहेको एमाओवादी अध्यक्ष प्रचण्डको आरोप छ । बजेटमा आफूहरुले उठाएको एजेण्डालाई सम्बोधन गर्छु भनेको तर, पालना नभएको उनले बताए ।
प्रचण्डले आजै बिहान मात्र एक बुद्धीजीविले नेपालमा कहीँ न कहीँ हिटलर जन्मँदैछ भनेको सुनाउँदै भने-’म सरकारलाई गम्भीर ढंगले लिन आग्रह गर्छु ।’
बाबुरामलाई सौता होइन
प्रचण्डले पूर्वसहमति अनुसार राजनीतिक समिति गठनको माग गर्दा कांग्रेस-एमाले नेताहरुले संवैधानिक राजनीतिक सम्वाद समितिको सभापति डा. बाबुराम भट्टराईलाई सौता हाल्न लागेको भनी प्रचार गर्दा आफूलाई निकै दुःख लागेको समेत सदनमा बताए ।
शान्ति प्रक्रिया र संविधान निर्माणबारे आफू र पार्टी नेता भट्टराईबीच विवाद नरहेको भन्दै उनले पार्टीभित्रको विवादलाई उछाल्दै चलखेल गर्न खोजे शान्ति र संविधान निर्माण सफल नहुने चेतावनी दिए ।
एमाओवादी अध्यक्ष प्रचण्डले दलहरु संविधान निर्माणमा गम्भीर नभएको आरोप लगाए । एमाले नेता माधवकुमार नेपालप्रति संकेत गर्दै उनले भने-’सम्वाद समितिमा हाम्रै दलका नेताले बाबुरामजीले गरेको विशेष पहलका बाबजुद जिम्मेवार नेताहरु जसको संविधान निर्माणमा अनिवार्य भूमिका छ, मानसरोजवर गएका छन्, कोही भारतको दिल्ली जाँदैछन् ।’
सत्तारुढ दलहरुले १२ बुँदे, जनयुद्ध, मधेस आन्दोलनलाई बिर्सिएको र शास्वत शातक हौं भन्ने गरी प्रस्तुत भएको उनको आरोप छ ।
- See more at: http://www.onlinekhabar.com/2014/08/183194/#sthash.YSswsOat.OJFvXYCA.dpuf

,

0 comments

Write Down Your Responses

Powered by Blogger.