प्रधानमन्त्री र बैद्यबीच सर्वपक्षीय सभाबारे छलफल
१० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नयाँ संविधान निर्माणबारे कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा बैद्य माओवादीले सर्वपक्षीय भेलाबाट संविधानका अन्तरवस्तुबारे सहमति खोज्न प्रस्ताव राखेको छ ।
भेटपछि कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने-त्यसलाई सम्बोधन गर्दै वर्तमान संविधान सभाबाट निर्धारित समयमा संविधान निर्माण गरी कसरी जारी गर्न सकिन्छ, वार्ता त्यसैमा केन्दि्रत रहृयो ।’ माओवादी सचिव देव गुरुङले सर्वपक्षीय सभाको मोडालिटीबारे छलफल भएको जानकारी दिए ।
यस विषयमा थप छलफल गर्न भोलि बुधबार कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादीको संयुक्त बैठक बोलाइएको छ ।
0 comments
Write Down Your Responses