रक्तचन्दनका तस्करी बस्नेत कसरी बने डन घैंटेका सहयोगी ?
काठमाडौं । गुण्डाका नाईके कुमार श्रेष्ठ उफ घैंटे प्रहरी ईन्काउन्टरमा मारिएपछि उनका केही सहयोगी गुप्तवास भएका छन् । कहलिएका डन कोही गाँउ फर्कन थालेका छन् भने, कोही बिदेशीएका छन् । गुण्डागर्दी बिरुद्ध अप्रेशन सुरु गरेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले कुनैपनि हालतमा गुण्डागर्दी निर्मुल पार्ने रणनीति लिएको छ ।
महाशाखाले घैंटे ईन्काउन्टरमा अन्य डनसँगै घैंटेका सहयोगीको समेत खोजी सुरु गरेको छ । घैंटेका
पेप्सीकोेलालाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा सक्रिय बस्नेतले भक्तपूरमासमेत घैंटेको आडमा असुली धन्दा चलाउँदै आएको स्थाईनियले बताएका छन् । नगर बिकासले गरेको जग्गा प्लानिङमा समेत बस्नेतले सामन सप्लाई गर्ने व्यापारीसँग कमिशन लिने गरेका छन् ।
अबैध रक्तचन्दनको तस्करीसमेत गर्दै आएका बस्नेतले पछिल्लो समय घैंटेको आडमा गुण्डागर्दीको सुरुवात गरेका हुन । हत्यारा तथा लुटेरा ग्याङका नाईके अभिमानसिंह बस्नेत भन्ने कृतन बस्नेतको लहै–लहमा लागेर गुण्डा बनेका बस्नेत अहिले पेप्सीकोला र भक्तपूरका नामी गुण्डा नाईकेका रुपमा परिचीत छन् । पाट्नरसीपकोे रक्तचन्दन आफ्नै घरमै लुकाएका बस्नेतले अभिमानको योजनामा दुई बर्ष अगाडी हरायो भन्दै बेचिदिए । तर पैसा सबै अभिमानले कुम्ल्याएपछि उनिहरु बिचको सम्बन्ध चिसिएको थियो ।
काभ्रेली समुहको नाममा गुण्डागर्दी, हप्ता असुली र फिरौती असुल्दै आएका अभिमान २०५७ सालमा डिल्लीबजारको बाटुले घर अगाडी नरेश बुढाथोकीको हत्याका मुख्य योजनाकार हुन् । तर उनले आफ्नो नाम कृतन नभए अभिमान भएको झुण्टा प्रमाण अदालतमा पेश गरी सफाई पाउन सफल भएका थिए । यिनै हत्यारा अभिमानको सिको गर्दै बस्नेत अहिले पेप्सीकोलाका डन भएका छन् । चन्दनकै कारोबारी सिन्धुपाल्चोकका गोपाल श्रेष्ठले बस्नेतलाई घैंटेसँग परिचय गराई दिएका थिए ।
बस्नेतले अहिले भक्तपूरका अबैध बालुवा खानीबाट कमिशन असुल्ने देखी ठेक्का पट्टामा समेत हालीमुहाली गर्दै आएका छन् । डन सगुन श्रेष्ठ वान्टेड र जेल चलान भएदेखी बस्नेत र भक्तपूरका अर्का डन सरोज थापालाई अपुताली परेको छ । महाशाखाका एसएसपी सबेन्द्र खनालले कुनै बहानामा गुण्डागर्दी गर्नेलाई कानूनको दायरामा ल्याई छाड्ने बताए । उनले भने, शहरलाई गुण्डागर्दी रहित बनाउने हाम्रो अभियान हो । यो अभियानमा कुनैपनि सम्झौता हुँदैन ।
अपराधखबर बाट
0 comments
Write Down Your Responses