पर्साका एसपीमाथि पेट्रोल बम प्रहार
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिवेस लोहनीमाथि बुधबार राति मधेस केन्द्रित दलका कार्यकताले पेट्रोल बम प्रहार गरेका छन्।
वीरगञ्जको सुक्खा बन्दरगाह स्थित भन्सार कार्यलयबाट प्रहरी स्कटिङमा गाडी लैजाने क्रममा उनको भ्यानमाथि बम प्रहार गरिएको हो ।
उक्त बम प्रहारबाट एसपी लोहनीको दायाँ हातमा चोट लागेको छ। दायाँ हातको कान्छी औला र हत्केलाको पछाडिपट्टीको भागको हड्डीमा चोट लागेका कारण प्लास्टर गरिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
nepaliheadlines
0 comments
Write Down Your Responses