रमेश खरेलले भने-‘मेरो गलत प्रचार भयो, कानुनी बाटोबाटै कारवाही गर्छु’
रमेश खरेलको नाममा दर्जन फर्जी आइडी
२०७२ भदौ ९
काठमाडौं, ९ भदौ । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल अहिले तनावमा छन् ।
उनले भने- ‘मेरो नाममा झण्डै एक दर्जन बढी फेसबुक पेजहरु खुलेको कुरा आएको जानकारीमा आएको छ, कानुनी उपचारबाटै तिनीहरुलाई कारवाही गर्छु ।’ खरेलले त्यस्ता पेजहरु खोल्नेविरुद्ध साइबर क्रइममा मुद्दा हाल्ने तयारी समेत गरेका छन् ।
हाल क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा कार्यरत खरेलले फर्जी फेसबुक पेज बाहेक आफ्नो सक्कली फेसबुकमा समेत जथाभावी कुराहरु ट्याग भएको भन्दै यस्ता एकाउन्ट खोल्नेहरुलाई तुरुन्त बन्द गर्न निर्देशन समेत दिएका छन् ।
दैनिक नेपाल
0 comments
Write Down Your Responses