संविधान छेक्न राष्ट्रपतिका तीन शर्त, पहिलो छोरालाई मन्त्री बनाउन दबाब
२०७२ भदौ १४
काठमाडौं, १४ भदौ । २०५९ सालताका आम निर्वाचन हुन नदिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले जे जस्ता गतिविधि गरेका, यतिबेल राष्ट्रपति डा. रामवरण यादवले पनि संविधान निर्माण हुन नदिन त्यस्तै गतिविधि गरेका छन् ।
स्रोतका अनुसार वर्तमान व्यवस्थापिका संसद रहुन्जेल राष्ट्रपतिको नयाँ निर्वाचनको व्यवस्था गर्न नपाइने, अंगीकृत नागरिकमाथि संवैधानिक रुपमा कुनै भेदभाव गर्न नपाइने शर्त उनले राखेका छन् ।
यसैगरी, सभासद्समते बनाइएका आफ्नो छोरा चन्द्रमोहनको राजनीतिक भविष्य सुनिनिश्चित गरिदिन (मन्त्री बनाइदिन) उनले माग राखेको कांग्रेस सभापति सुशील कोइरालाले निकटस्थहरुसँग जनाएका छन् । तरुण साप्ताहिकमा खबर छ ।
dainiknepal
0 comments
Write Down Your Responses