तीनसय पचास गाडीलाई गन्तव्यमा पुर्‍याइयो, सप्तरीमा बन्दकर्ताद्वारा ढुङ्गा प्रहार


२०७२ भदौ १४ गते
विराटनगर, १४ भदौ । संयुक्त मधेसी मोर्चाको अनिश्चितकालीन बन्दका कारण रोकिएर रहेका ३५० वटा गाडीलाई गएराति सुरक्षाकर्मीले सुरक्षा घेरामा राखी गन्तव्य स्थानसम्म पु¥याएको छ ।
सिरहाको बन्दीपुरमा पश्चिमबाट आएका ५१ वटा यात्रुबाहक बस, ६९ वटा मालबाहक ट्रक र १६ वटा साना गाडीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा प्रदान गरी पूर्वको इटहरी, धरान, विराटनगर र झापासम्म पु¥याएको हो ।

त्यसैगरी, पूर्वबाट पश्चिमतर्फ जाने सयवटा यात्रुबाहक बस, १०८ वटा मालबाहक ट्रक र १४ वटा साना सवारी साधनलाई सिरहाको बन्दीपुरसम्म पु¥याएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
सोही क्रममा सप्तरीको रायपुर–८ स्थित राजमार्ग खण्डमा लुकेर बसेका बन्दकर्ताले ढुङ्गा प्रहार गर्दा राजविराजबाट काठमाडौँ जाँदै गरेको बा२ख ६२३९ नंको माइक्रोबसको अगाडिको सिसा फुटेको छ । रासस
dainiknepal

,

0 comments

Write Down Your Responses

Powered by Blogger.