इजरायलमा केयरगिभरका लागि नयाँ नियम, ७ बर्ष भित्र एक पटक मात्रै स्पेशल भिषा अनुरोध गर्न पाइने

माघ ०१, इजरायल ।

इजरायलमा कार्यरत विदेशी केयरगिभरहरूको लागि इजरायल सरकारबाट नयाँ नियम ल्याईएको छ । उक्त नयाँ नियम यस प्रकार रहेको छ ।

बिशेष भिषाः नयाँ नियम
क)  ७ बर्ष भन्दा बढि इजरायलमा काम गरिसकेका केयरगिभरका कामदारहरूले यो भिषा अनुरोध गर्न नपाइने ।
ख)  विशेष भिषा अनुरोध गर्न पाइने अवस्थाहरूः
  •  पहिलो पटक मात्रै विशेष भिषा अनुरोध गर्न पाइने ।
  •  कसैले पहिले नै स्पेशल भिषा अनुरोध गरिसकेको छ भने पुनः दोहोर्याएर गर्न नपाइने ।
  •  इम्प्लोयरसँग विदेशी कामदार राख्न पाउने समय भएको लाइसेन्स हुनुपर्ने ।
  •  केयर गिभरले निम्न कुरा प्रष्ट बुझेर र स्वीकारेर मात्रै हस्ताक्षर गर्नुपर्ने ।
              - एउटा भन्दा अर्को इम्प्लोयर परिवर्तन गर्न नपाइने ।
              -  यदि गरिरहेको काम सकिएमा इजरायल छाड्नु पर्ने ।
              - स्पेशल बोर्डबाट भिषाको लागि गरिएको अनुरोध अस्विकृत भएमा इजरायल छाड्नुपर्ने ।
              - बोर्डलाई काम गरेको अनुभव र बैबाहिक अवस्था देखाउनुपर्ने ।
              - केयर गिभरले इम्प्लोयरलाई छाड्न नपाइने र इजरायल बाहिर ३ महिना भन्दा बढिका लागि जान
                नपाइने ।
ग) नियमित रूपमा काम गरिरहेकाहरूको हकमा इजरायलमा भिषा बढाउन र काम गरिरहन पाइने ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.