प्रधानमन्त्रीलाई भेट्न भट्टराई बालुवाटारमा
काठमाडौ, भाद्र १० - प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ताको लागि संबिधान सभाको राजनीतिक संवाद तथा सहमति समिति सभापति तथा एमाओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
पौने ८ बजेदेखि भएको भेट अहिले पनि जारी रहेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । भेटमा भट्टराईले कोइरालालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व दिन समेत आग्रह गरे बताइएको छ ।
दोस्रो संबिधान सभा लगत्तै तीन ठूला दलहरुबीच भएको उच्चस्तरीय राजनीतिक समिति गठनलगायत चार बुँदे माग कार्यान्वयनको माग गर्दै एमाओवादी नेतृत्वको गणतान्त्रिक मोर्चाले संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
0 comments
Write Down Your Responses