‘नो प्यान्ट्स सबवे राइड’का महिला तथा पुरूषहरूलाई हिउँले पनि छोएन

                                              अमेरिकासहितका देशमा हिउँ परेर शरीर काप्ने जाडो छ । तर, ‘नो प्यान्ट्स सबवे राइड’ अर्थात पाइन्ट नलगाई सार्वजनिक सवारी साधनमा यात्रा गर्ने युवा युवतीहरुको चाहनालाई भने जाडोले छेक्न सकेन ।

अमेरिकाको न्यूयोर्क, बेलायतको लण्डन, अष्ट्रेलियाको सिड्नी र फ्रान्सको पेरिसमा युवा युवतीहरुले ‘नो प्यान्ट्स सबवे राइड’ मनाएका छन् ।

तापक्रम माइनसमा पुगेकाले उनीहरुले बाक्लो ज्याकेटसँगै घुाडासम्म छोप्ने बुट जुत्ता र मोजा लगाएका देखिन्थे । तर, उनीहरुले यो दिवसको आह्वानअनुसार पाइन्ट खोलेर कट्टु प्रर्दशन गरिरहेका थिए ।

सन् २००२ मा न्यूयोर्कका एक युवक चार्लीको पहलमा बनेको इम्प्रुभ ग्रुपले यस प्रथाको सुरुवात गरेको थियो । जाडोमा कुट्टु मात्र लगाएर रेलमा चढेको देख्दा अन्य यात्रुहरु छक्क परेर हाँसेका थिए ।


, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.