दुबईमा नेपाली युवालाई मृत्युदण्डको फैसला
वैदेशिक रोजगारीका लागि युएई पुगेका एक नेपाली युवालाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । दुवईस्थित माथिल्लो अदालतले सङ्खुवासभाका २३ वर्षीय अनिस खालिङ्ग राईलाई मृत्युदण्डको फैसला सुनाएको हो । दुवईको आबुधावीमा घरेलु कामदारका रुपमा काम गरिरहेका राईलाई पाकिस्तानी नागरिक बङ्गाल खानको हत्या गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको हो । उनलाई मृत्युदण्ड सुनाइएपनि परिवार निवन रक्षाको हारगुहार गर्दै राजधानी आएका छन् । राईका ७५ वर्षीय बुबा भीमप्रसाद, ५७ वर्षीया आमा डिकमाया, श्रीमती रविता र नाबालक छोरी रितु न्यायको खोजीमा काठमाडौँ आएका हुन् । सभासद् दीपक खड्काले निर्दोष राईलाई त्यहाँको अदालतले फसाएको दाबी गर्दै नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने र परराष्ट्र मन्त्रालयमार्फत पहल गर्नुपर्ने बत
0 comments
Write Down Your Responses