इश्लामी संघका महासचिव फैजान अहमदको हत्या गर्न दुई सुटर भारतबाट रक्सौलको बाटो हुदै राजधानी प्रवेश गरेको खुलासा भएको छ । दुई बर्षअघि हत्या गरिएका फैजानको हत्या योजना दुई महिना पहिलादेखि बनेको बारामा पक्राउ परेका फहद अहमद उर्फ विपीन यादवले बयान दिएपछि यसको खुलासा भएको हो । बारामा एक साताअघि हत्या गरिएका पेट्रोल ब्यावसायी अफताव आलमको हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार यादवले यसअघि दुई वटा हत्यामा आफ्नो संलग्नता रहेको पुष्टि गर्दै आफूले त्यसका लागि सुपारी लिएको समेत बयान दिएका छन् । भारतको लखनऊ कारागारमा हत्या अभियोगमा सजाय भुक्तान गरिरहेका बल्लु श्रीवास्तबले सुपारी दिएको उनले बताएका छन् । यसरी हत्या गर्न आउनेले पटकपटक नक्कली परिचयपत्र बनाउने गरेको पाइएको छ । फैजानलाई हत्या गर्न आउँदा फहद आलमको नामको निर्वाचन आयोगको परिचयपत्र बनाएका उनले बारामा पेट्रोल ब्यावसायीलाई मार्न आउँदा विपीन यादवको परिचयपत्र बनाएका थिए । अनुसन्धान अधिकारीका अनुसार फहद दिल्लीमा घर बनाउने काम गर्थे । त्यहि बेला उनले लखनऊ कारागारका श्रीवास्तबलाई अक्रम नामका एक ब्यक्ति मार्फत चिनेको बताएका छन् । त्यो ताका खोटाचलन मुद्धामा केन्द्रीय कारागारभित्र कैद काटिरहेका युनिस अन्सारीलाई गोली हान्ने प्रस्ताब उनलाई आएको थियो । तर फहद नयाँ भएकाले उनले त्यो सुपारीलाई नलिएको बताएका छन् । त्यसपछि फैजानलाई गोली हान्ने काममा आफु संलग्न भएको उनले खुलाएका छन् । फैजानको हत्याका लागि सुनौलीबाट घटनाको एक साताअघि ३ जना मिलेर राजधानी प्रवेश गरेको बयान दिएका छन् । त्यसपछि कंलकीको एउटा होटलमा सरताज, आदित्य पल र उनी बसेर फैजानको हत्या योजना बनाएको बताएका छन्। । उनले फैजानको हत्याका लागि काठमाडौंमा नै १८ हजार भारतिय रुपैंया सुपारी लिएको स्विकारेका छन् । कंलकीको होटलमा बसेपछि अर्को दिन रत्नपार्क आएर अक्रमलाई भेटेका थिए । केहि समय अघिदेखि नै फैजान माथी निगरानी गरिरहेका अक्रमले फैजानको कार्यालय र मस्जिदबारे जानकारी गराइदिएका थिए । उनले त्यहि दिन फैजानलाई समेत चिनाइदिएको बयान दिएका छन् ।
यसरी भयो फैजानको हत्या
Powered by Blogger.
0 comments
Write Down Your Responses