मन्त्रीको आदेशपछि थप ६ घन्टा लोडसेडिङ

    download (2)               मन्त्रीको आदेशपछि थप ६ घन्टा लोडसेडिङ            अहिले विद्युत् प्राधिकरणको प्रणालीमा उपलब्ध ७५ प्रतिशत बिजुली उपभोक्ताको घरमा दैनिक १८ घन्टासम्म आपूर्ति गर्न सकिन्छ। तर प्राधिकरणले पुस २१ गतेदेखि दैनिक नौ घन्टाबाट बढाएर १२ घन्टासम्म लोडसेडिङ गर्दै आएको छ। बाँकी बिजुली कहाँ गयोरु अहिले यो प्रसंगको विद्युत् क्षेत्रका इन्जिनियरबीच मात्र होइन प्राधिकरणभित्र व्यापक चर्चा छ। प्राधिकरणले यही पुस २३ को पत्रकार सम्मेलनमा बाँडेको विज्ञप्तिमा बिजुली माग एक करोड ६० लाख युनिट र आपूर्ति एक करोड २० लाख युनिट उल्लेख छ।यस हिसाबले ४० लाख युनिटमात्र बिजुली अपुग भएको प्राधिकरण स्वीकार गर्छ। यो मागको २५ प्रतिशत मात्र हो। ‘२५ प्रतिशत बिजुली अपुग हुँदा दैनिक लोडसेडिङ ६ घन्टामात्र हुनुपर्ने हो,’ प्राधिकरणका एक इलेक्ट्रिकल इन्जिनियरले भने, ‘बाँकी बिजुली कहाँ गयोरु’ आजको अन्नपुर्ण पोष्टका अनुसार प्राधिकरणकै तथ्यांकमा कोसीपारि बिजुली उपलब्धको हिसाब र भएको लोडसेडिङबीच पनि तालमेल छैन। कोसीपारि बिजुलीको कुल माग एक सय ४० मेगावाट छ। भारतबाट ९०, पुवाखोला र अन्य उत्पादनबाट एक सय चार मेगावाट बिजुली आपूर्ति छ। कुल मागको ७४ प्रतिशत बिजुली प्रणालीमा उपलब्ध छ। त्यहाँ पनि दैनिक ६ घन्टामात्र लोडसेडिङ हुनुपर्नेमा ११ घन्टा भइरहेको छ। स्रोतका अनुसार प्रणालीमा बिजुली उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताका घरमा लोडसेडिङ बढ्नुमा प्राधिकरणले उद्योगलाई नियमविपरीत बिजुली वितरण गरेर हो। घोषित रूपमा प्राधिकरणले विराटनगरका चारवटा उद्योगलाई चौबीसै घन्टा बिजुली दिइरहेको छ। सामान्यतया उद्योगलाई भन्दा सर्वसाधारणलाई बिजुली वितरणमा प्राथमिकता दिनुपर्ने हुन्छ। 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.