किन २० वर्षकी युवतीलाई सामुहिक वलात्कारपछि झुण्ड्याएर मारियो (तस्विर सहित)

पाकिस्तानको पञ्जाव प्रान्तमा एक २० वर्षीय युवतीको सामूहिक वलात्कारपछि झुण्ड्यार हत्या गरिएको छ । पञ्जावको लायीया क्षेत्रमा २० वर्षीया मुज्जामिल बिबीको सामुहिक वला्तकारपछि रुखमा झुण्ड्याएर हत्या गरिएको हो ।
प्रहरीले बिबीलाई ३ पुरुषले आक्रमण गरेको र बलात्कार पछि रुखमा झुण्ड्याएको बताए । प्रहरी अधिकृत सादाक्कात अली चोहानले आफ्नो २२ वर्षे प्रहरी जीवनमा यस्तो मुद्धा कहिल्यै पनि नभोगेको बताए । प्रहरीले बिबीलाई बलात्कार गरेको स्वीकार गरेका ३ ब्यक्तिलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ ।
बिबीले बलात्कारीहरुसँग संघर्ष गरेपनि उनलाई ती पुरुषले अठ्ठयार मारेको प्रहरी अनुसन्धानले देखाएको छ । उनका बाबु आमाले रातभरी छोरीको खोजी गरेपछी विहान रुखमा झुण्डिएको अवस्थामा फेला पारेका थिए ।
पाकिस्तानमा १ महिना अघि मात्र आफ्ना प्रेमीसँग विवाह गरेका २ युवतीलाई परिवारले नै हत्या गरेका घटना सार्वजनिक भएका थिए ।
एजेन्सीको सहयोगमा । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
0 comments
Write Down Your Responses