कसरी थाहा पाउने सम्बन्ध टुट्न लागेको ?
(एजेन्सी)– सम्बन्धमा खटपट कसको हुँदैन र ? कहिले झगडा, कहिले माया त सम्बन्धका आवश्यक तत्व नै मानिन्छन् ।
कहिलेकाँहीको खटपटले मानिसको सम्बन्ध प्रगाढ बनाउँछ भने दैनिक रुपमा हुने झै–झगडाले सम्बन्धको अन्त्य नै गरिदिन्छ । तपाईंको सम्बन्ध कतातिर गइरहेको छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि कतिपय अवस्थामा यसको परिणाम थाहा नै हुँदैन । त्यसकारण आफ्नो सम्बन्धको अवस्थाको बारेमा जान्नका लागि यहाँ यस्ता तरिकाहरु दिइएका छन् जसले गर्दा तपाईंलाई त्यहि अनुरुपको व्यवहार गर्न सजिलो होस् ।१. थोरै कुराकानी हुनुः जब तपाईंलाई तपाईंको पार्टनरले अफिसबाट फोन गर्न बन्द गर्छ अथवा घर आइसकेपछि पनि तपाईंको प्रश्नको उत्तर मात्र दिन्छ भने सम्झनुहोस् तपाईंको सम्बन्ध टुट्ने क्रममा छ ।
२. तपाईंको लागि समयको कमीः यदि तपाईंको पार्टनरले तपाईंले धेरै पटक फोन गरिसकेपछि मात्र फोन उठाउने गर्दछ र मेसेजको रिप्लाई पनि ढिलो गर्दछ अथवा केहि बहाना बनाउने गरेको छ भने यसको अर्थ तपाईंको सम्बन्ध अब धेरै दिन छैन भन्नु हो ।
३. उनीप्रति रुची हराउनुः यदि तपाईं आफ्नो पछिल्लो फोटो आफ्नो पार्टनरलाई पठाउनु हुन्न र आफ्नो पार्टनरसँग कुरा गर्न मन लाग्दैन भने यसको बारेमा तपाईंले सोच्न जरुरी छ ।
४. अपरिचित बन्नुः बिस्तारै सम्बन्धमा यति चिसोपन आउँछ कि बिस्तारै तपाईं आफ्नो पार्टनरसँग आफ्ना कुराहरु लुकाउनुहुनेछ र अपरिचितजस्तो व्यवहार गर्नुहुनेछ । पार्टनरलाई आफ्नो सबै कुरा नभन्नु र पार्टनरसँग उनको सम्बन्ध भएको मात्र कुरा गर्नुहुन्छ भने सम्झनुहोस् तपाईंहरु अब अपरिचित बनिसक्नुभएको छ र सम्बन्ध चाँडै नै छुट्ने प्रक्रियामा छ ।
५. शंकाः वास्तविक सम्बन्ध त्यतिबेला सुरु हुन्छ तब त्यसमा कुनै शंका हुँदैन । यदि सम्बन्ध टुट्दै छ भने यसमा शंका पैदा हुने गर्दछ । जब पार्टनर नजिक हुँदैन तब असुरक्षाको भावना पैदा हुने गर्दछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
0 comments
Write Down Your Responses