यौन पीडित महिलाको कुराले रोइन जोली

 महिला उत्पीडनको विषयलाई लिएर लण्डनमा आयोजना भइरहेको ‘ग्लोबल समिट’मा सहभागिता जनाइरहेकी हलिउड अभिनेत्री एञ्जोलिना जोली युद्ध पीडित महिलाको कुरा सुनेर रोएकी छन्। 
आपसी विवादमा महिलामाथि हुने गैरकानूनी कार्यका विरुद्ध आयोजित समिटमा एञ्जोलिना जोलीलाई कार्यक्रम सञ्चालकका रुपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा जब जोलीले अफ्रिकन महिलाहरु माथि हुने यौन उत्पीडनका घटना बारे सुनिन्, उनले आँखाको आशु थाम्न सकिनन्। पीडित महिलाको कुरा सुनिरहँदा आँशुसहितको अवस्थामा उनले अंकमाल गरेकी थिईन्। पीडित महिलालाई अंगालोमा लिएपछि जोलीले उनीहरुलाई ढाँढस दिँदै आफुले केही कुराको सहयोग गर्ने बचन दिएकी थिईन्। कंगोमा पीडित महिलाका लागि संगठन चलाईरहेकी अधिकारकर्मी निमा नामादामूले जोलीलाई त्यहाँको महिलाको अवस्थाका बारेमा जानकारी गराएकी थिईन्।

दुई वर्षको उमेरमै पोलियोको शिकार भएकी निमा आफ्नो ‘ममान सूजा’ संगठनमार्फत महिलालाई जागरुक बनाउँदै आएकी छन्। भिडियो हेर्न तलको थिच्नुहोस

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.