‘पुरूषकाे ‘दासी’ बन्नु भन्दा बेस्या बन्नु नै बेश’


[तसलिमा नसरिन]

कुनै जमानामा ‘सतीत्व नेल’ नामक एउटा नेल हुने गर्दथ्यो । फलाम या स्टीलबाट निर्मित एउटा गोलाकार

नेल,जसको सामुन्नेतर्फ धातुको एउटा त्रिकोणकारको पत्र जोडिएको हुन्थ्यो । पत्रको बीचमा चुच्चो दाँत भएको एउटा छेद हुन्थ्यो । यो नेल महिलाहरुको कम्मरमा लगाइन्थ्यो ।

उक्त त्रिकोण पत्रले महिलाको यौनांगलाई ढाकिराख्थ्यो । पत्रको बीचमा छेद हुन्थ्यो जसले गर्दा पिसाब गर्नमा सहुलियत मिलोस् । यो छेद दाँतझै धारिलो हुन्थ्यो । धारिलो भएको कारण पराई पुरुषहरुले त्यस छेदको प्रयोग गर्न नसकुन भन्ने मनशायले यो बनेको हुन्थ्यो । संसारका कैयौ देशहरुमा यो ‘सतीत्व–नेल’ प्रयोग गरिन्थ्यो । कहिलेदेखि यसको प्रयोग शुरु भयो सही–सही जवाफ सुलभ छैन ।

फेरि पनि मध्य–प्राच्य र एशियामा पहिलो पटक यो नेल बनाइएको थियो भनेर अनुमान लगाइन्छ । युरोपमा पनि यस्तो नेलको प्रयोग गरिन्थ्यो । मध्य–प्राच्यमा क्रुसेड योद्वाहरु युद्वमा जानुभन्दा पहिला आफ्नी श्रीमतीहरुलाई फलामको यो नेल लगाइदिएर जाने गर्दथे । जसले गर्दा श्रीमतीहरुले श्रीमानको अनुपस्थितिको फाइदा नउठाउन् । क्रुसेड योद्वाहरुले मात्र यस्तो गर्थे भन्ने होइन ।

टाढाको यात्रामा जानुभन्दा पहिला योद्वाभन्दा बाहेक अन्य पुरुषहरुले पनि आफ्नी श्रीमतीलाइ यस्तो नेल लगाइदिएर जाने गर्दथे । यो नेल श्रीमानको हुकुमबाट मात्रै महिलाहरुले लगाउनु पथ्र्यो भन्ने कुरा पनि थिएन । समाजको आदेशमा पनि लगाउनु पर्दथ्यो । इटलीमा त यो रिवाज थियो नै,चीनमा पनि यस्तो नेल धेरैले प्रयोग गर्ने गर्दथे । कसै–कसैको भनाइमा त यो रिवाज थाइल्याण्डमा पनि प्रचलित थियो ।

सन् १८८९ मा पचिंगर नामक एकजना जर्मन नेतृत्वविद् अस्ट्रियाको शहरमा पुगे । जहाँ उनी पन्ध्रौं शताव्दीमा निर्मित कुनै पुरानो गिरजाघरको सुधार–संस्कारको काम हेर्न गएका थिए । गिरजाघरको भुइँमा जुन काठ बिच्छ्याइएको थियो त्यसलाई हटाउने क्रममा उनले त्यसमुनि एउटा खाल्डो देखे । त्यस खाल्डोमा एउटा कफिन –(लास हाल्ने बाक्सा ) थियो । त्यस कफिनमा हात लगाउने बित्तिकै सडेको काठ झुरझुराउँदै खस्न थाल्यो । त्यसभित्रबाट एउटा कंकाल निस्कियो । लामो–लामो कपाल भएको उक्त कंकाल महिलाको भएको देखिइरहेको थियो । शरीररमा कपडाहरुको जुन टुक्रा बचिरहेको थियो त्यसबाट त्यो पोशाक सत्रौ शताब्दीको भएको अनुमान गरियो ।

पोशाक हटाइसकेपछि त्यस कंकालको कम्मरमा फलामको एउटा नेल बेरिइरहेको देखे । सत्रौ शताब्दीको शुरुवातमा निर्मित त्यस सतित्व–नेलको छेद भएको पत्रमा कुल एक्काइसवटा दाँतहरु थिए । यस नेललाई देखेर जर्मन नेतृत्वविद् पचिंगर विस्मित भएका थिए या थिएनन थाहा छैन । तर म पुरुषको यस उद्भावन क्षमतामाथि चकित छु । ती मानिस सतीत्वको नेलमा ताल्चा जोडेर चावी आफ्नो गोजीमा राखेर घरबाट निस्कने गर्दथे ।

उनीहरुको आफ्नो यौनाङ्ग भने खुल्ला रहन्थ्यो । त्यस यौनाङ्गलाई जहाँ –तहाँ प्रयोग गर्नमा कुनै वाधा थिएन । तर घरमा श्रीमतीको यौनाङ्ग प्रयोग गर्ने बारेमा संदेहमुक्त रहनका लागि उनिहरुलाई यस किसिमको फलामको पोशाक लगाइदिनमा थोरै पनि दुविधा गर्दैन थिए । पुरुष क्रुरताको यो ठूलो षड्यन्त्र हो । यस संसारका पुरुषहरुले महिलाहरुको सतीत्व रक्षाका लागि फलामका नेल तयार गरेका थिए । ती पुरुष महिलाको सतीत्व प्रमाणीत गर्नका लागि उनीहरुलाई मरेका श्रीमानको चितामाथि बसाइदिने गर्दथे ।

पुरुषहरु महिलाको सतीत्व रक्षाका लागि आज पनि सैयौ बीभत्स उपाय प्रयोग गर्छन् । महिलाहरुमाथि सैयौं खालका नियम–कानुन लादेर महिला सतीत्वको मजा लिइरहन्छन् । पहिला फलामको भाला प्रयोग गरिन्थ्यो भने आज समाजको औलाको इशारामा यो काम हुन्छ । समाजले महिलाहरुलाई उनीहरु नराखुन भनेर आदेश दिएको छ । यदि उनीहरुले हेलमेल राखे भने सम्वन्ध बिच्छेद । यदि मेलजोल राखे भने मरण । आजकाल महिलाहरुलाई शायद त्यस किसिमको शायद त्यस किसिमको नेल लगाइदैन । तर उनीहरुको कम्मरमा एउटा अदृश्य नेल अवश्य बाँधिएको हुन्छ ।

अदृश्य फलामको पत्रबाट महिलाको यौनाङ्ग ढाकिराख्नका लागि पिशाव गर्ने छेदबाट सयवटा दाँतहरु जेडिएका हुन्छन । पुरुषहरुको शंकाको कुनै सिमा हुदैन । अविश्वासको कुनै सीमा हुँदैन । तर मात्रै महिलाहरुले एक्लै सतीत्वको रक्षा किन गनुृपर्ने छ ? पुरुषहरुको परनारीगमनमा आदिम,मध्ययुग र आधुनिक युग अर्थात कुनै पनि युगमा कुनै बाधा दिइएन । ‘सतीत्व रक्षा’ शव्द पनि पुरुषहरुले नै रचे गढेका हुन । फलामको नेल पनि पुरुषहरुले नै तयार गरेका हुन् ।

जुन समाज–व्यवस्थामा महिलाहरुले सती जानु पर्दछ ,त्यस्तो व्यवस्था पनि पुरुषहरुले नै तयार गरेका हुन । पुरुषहरु आफै के आफ्ना लागि यस्ता दुःख दिने खालका,अपमानजनक कुनै व्यवस्था ग्रहण गर्न राजी हुनेछन ? बिना शंका हुदैनन । त्यसैले सारा अपमान,सारा दुख, सारा जलन यातना एउटी महिलाको भागमा मात्र आउछ । महिलाहरुको भागमा नै दुःखको जीवन धकेलिएको छ ।

धेरै मानिसको भनाइ छ,‘महिलाको कोखमा जुन सन्तान छ वास्तवमा त्यो श्रीमानकै हो या होइन भनेर प्रमाणित गर्नका लागि महिलाले सती जानुपर्छ’।श्रीमानहरुले यदि अन्यत्र दश सन्तानको बीज रोपेर आए पनि कुनै गुनासो छैन । मात्रै एक जरायु सन्तानका लागि उनिहरुको सारा मोह र सारा रुचि प्रकट हुन्छ । ती मानिसले यसको कारण पनि आविश्कार गरेका छन् । उनीहरुले भनेका छन्–‘जो पुरै सम्पतिको उत्तराधिकारी हुनेछ उसको मामलामा पुरै निश्चित रहनुपर्ने हुन्छ । उत्तराधिकारी यदि कुनै अन्य कोखको भयो भने यो श्रीमानको पौरुषको अपमान हो ।’ आहा,पौरुष ! पुरुषको यस पौरुषको आधारमा महिलाहरुले थाहा छैन कति युगदेखि पिसिइरहनु परेको छ । महिलाले के पुरुषको पौरुषको रक्षामा मद्वतको लागि मात्रै जन्म लिएका हुन ? उनीहरुको कुनै अलग सत्ता छैन ?

पुरुषहरुको सन्तानलाई बैद्य प्रमाणित गर्नका लागि महिलाहरुले जन्म लिएका होइनन् । कसले भन्यो महिलाको जीवन पुरुषको स्वार्थमा उत्सर्ग हुनका लागि हो ? महिलाहरुले उनीहरुको वैद्य–अवैद्यको वास्ता किन गर्ने ? यो त कुनै नष्ट समाजको नियम हो । जसको जाल तोडेर महिलाहरु अजसम्म पनि बाहिर निस्कन सकेका छैनन् । तर बाहिर निस्कनुपर्ने छ । उनीहरुले आफ्नो जीवन आफ्नो निजी भएको प्रमाणित गर्नुपर्ने छ । कुनैपनि पुरुषलाई महिलाको सतीत्वमा ताला लगाएर चाबी आफुले हत्याउने अधिकार छैन । यसभन्दा बाहेक नारीको मुक्ति हुन सम्भव छैन । जसरी महिलाहरुको लागि आर्थिक स्वतन्त्रता आवश्यक छ त्यस्तै गरेर यौन स्वाधीनता पनि उनिहरुका लागि आवश्यक छ ।

उनीहरुसँग चाहे जति पनि आर्थिक, राजनीतिक,सामाजिक स्वतन्त्रता उपस्थित होस तर त्यो साँचो अर्थमा कुनै पनि हालतमा स्वतन्त्रता होइन । त्यसो त महिलाहरुको यौन स्वाधीताको कुरा सुनेर धेरै मानिसले नाक खुम्च्याउछन उनिहरुले भन्नेछन्–छिःछि महिलाको लागि यौन स्वाधीनता कस्तो ? तव त उनीहरु वेश्या हुनेछन । महिलाहरु यदि सम्पूर्ण स्वाधीनता आर्जित गर्न चाहन्छन भने बिना कुनै शंका सम्पूर्ण समाजले उनीहरुलाई भन्ने वेश्या,पुरुषको ‘दासी’ बन्नुभन्दा कयौ राम्रो कुरा हो ।

सत्य कुरा त अन्य सबै स्वाधीनता जस्तै महिलाहरुका लागि यौन स्वाधीनता पनि आवश्यक छ । महिलाहरुलाई यदि कुनै पनि तरिकाबाट स्वतन्त्रता मिल्यो भने उनीहरुलाई ‘वेश्या’ वा ‘भ्रष्ट’ महिला भनेर डर देखाइन्छ । यी सबै पुरुष रचित षड्यन्त्रलाई किचेर महिलाहरु यदि साँच्चै नै मनुष्य बन्न चाहन्छन भने उनीहरुले आफ्नो तन –मनको सारा स्वाधीनता आर्जित गर्नै पर्नेछ ।

(तसलिमा नसरीनको ह्दयको बारुद पुस्तकबाट )

,

0 comments

Write Down Your Responses

Powered by Blogger.